
काठमाडौं ।
अमेरिकी सर्वोच्च अदालतले सोसल मिडियालाई भ्यूप्वाइन्टका आधारमा यूजरलाई सेन्सर गर्ने वा प्रतिबन्ध लगाउने टेक्ससको कानून रद्द गरेको छ।
उक्त अदालतले दुई प्रविधि संस्थाहरुले लगाएको रिपब्लिकन सरकारको उक्त निर्णयले प्रविधि प्लेटफर्महरुलाई अति अपशब्द अभिव्यक्त गर्ने स्थानका रुपमा परिणत गर्ने भन्ने आरोपलाई समर्थन गरेको रोयटर्सले उल्लेख गरेको छ।
न्यायाधीशहरुले नेटच्वाइस तथा कम्प्युटर एन्ड कम्युनिकेशन्स इन्डस्ट्री एसोसियशनले गरेको आग्रहलाई सदर गरेको थियो।
उक्त आग्रहमा फेसबुक, ट्विटर तथा यूट्युबलाई उक्त कानून खारेजीको माग गर्ने सदस्यका रुपमा राखिएको छ।
उक्त समूहले सो कानूनले अमेरिकी संबिधानको पहिलो संशोधन अर्थात् फर्स्ट अमेन्डमेन्ट अन्तर्गत पर्ने कम्पनीको सम्पादकीय लगायत अभिव्यक्ति स्वतन्त्रता हनन गरेको आरोप लगाउँदै रोक्नका लागि मुद्दा दायर गरेको थियो।
कन्जरभेटिभ न्यायाधीश सामुयल अलिटो, क्लारेन्स टमस तथा नील गर्सचले एउटा लिखित असहमति पत्र तयार पारेका थिए।
प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार