ब्रिटिश टेलिकम र डिस्कभरी स्पोर्टबिचको सम्झौता छानबिन गर्दै बेलायत

  • Technology Khabar | १९ जेष्ठ २०७९, बिहीबार
ब्रिटिश टेलिकम र डिस्कभरी स्पोर्टबिचको सम्झौता छानबिन गर्दै बेलायत

काठमाडौं ।

बेलायतको प्रतिस्पर्धाविरोधी नियामकले दूरसञ्चार कम्पनी ब्रिटिश टेलिकमको वार्नर ब्रोज डिस्कभरीसँग गरेको सम्झौताको छानबिन गर्ने भएको छ।

कम्पिटिशन एन्ड मार्केट्स अथोरिटी सीएमएले आगामी जुलाई २८सम्ममा यी दुई कम्पनीबिचको ज्वाइन्टभेन्चरले देशमा प्रतिस्पर्धा घटाउने बारेमा आफ्नो पहिलो चरणको निर्णय सुनाइसक्ने बताएको छ।

‘सीएमएले चरणबद्ध रुपमा यस प्रकारको कुनै पनि प्रस्तावित भेन्चरमाथि निगरानी गरिरहेको हुन्छ, त्यसैले यो उक्त प्रक्रियाको सामान्य पाटो हो’, ब्रिटिश टेलिकमका प्रवक्ताले विज्ञप्तिमा भनेका छन्।

वार्नर ब्रोज डिस्कभरीले पनि उक्त सम्झौताका लागि नियामकको अनुमोदन आवश्यक हुने भएकाले सीएमएको छानबिन एउटा सामान्य चरण भएको बताएको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • १९ जेष्ठ २०७९, बिहीबार