ग्लोबल आइएमई बैंकको कार्ड र एपबाट भुक्तानी गर्दा मिनिसो र मिसियो स्टोरमा क्यासब्याक पाईने

Technology Khabar १७ जेष्ठ २०७९, मंगलवार

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।

बैंकले अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी यो योजना सार्वजनिक गरेको हो । यस योजनामा ग्लोबल आइएमई बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर मार्फत भुक्तानी गर्दा प्रत्येक कारोबारमा १०% (अधिकतम रु. ३०० सम्म ) क्यासब्याक पाउनेछन्।

यो योजना जेठ १८ गते बुधबारदेखि काठमाडौं उपत्यकाभित्रका मिनिसो र मिसियोका सबै स्टोरहरूमा लागू हुने बैंकले जनाएको छ।

प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया