धनीको सूचीमा मात्र नभई सबैभन्दा धेरै कमाउने सीईओमा पनि इलन मस्क अगाडि

  • Technology Khabar | १७ जेष्ठ २०७९, मंगलवार
धनीको सूचीमा मात्र नभई सबैभन्दा धेरै कमाउने सीईओमा पनि इलन मस्क अगाडि

काठमाडौं ।

टेस्ला र स्पेसएक्स जस्ता कम्पनीका मालिक तथा विश्वकै धनी व्यक्ति इलन मस्क धनी व्यक्तिको सूचीमा मात्रै नभई सबैभन्दा धेरै तलब पाउनेमा पनि विश्वका फर्च्युन–५०० कम्पनीको शीर्ष स्थानमा छन्।

फर्च्युनको सूचीअनुसार उनले विश्वको कुनै पनि अन्य कम्पनीका सीईओहरु भन्दा बढी तलब पाउँछन्।

फर्च्युन ५०० को पछिल्लो रिपोर्टअनुसार २०२१ मा इलन मस्कले २३.५ अर्ब डलर तलब पाएका छन् । यसमा २०१८ मा जारी गरिएको ‘इन क्यासिङ स्टक अप्सन’ अर्थात स्टकहरूलाई नगदमा रुपान्तरण गर्ने पनि समावेश छन्, जसको म्याद २०२१ थियो।

मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्ला फर्च्यून ५०० कम्पनीहरूमध्ये ६५औँ स्थानमा छ।

यस अवधिमा कम्पनीको वार्षिक राजस्व ७१ प्रतिशतले बढेर ५३.८ अर्ब डलर पुगेको छ। सम्पत्तिको कुरा गर्दा, बिलियनेयर इन्डेक्सको पछिल्लो तथ्याङ्क अनुसार इलन मस्कको कुल सम्पत्ति पछिल्लो २४ घण्टामा १२.२ अर्ब डलरले बढेर २२४ अर्ब डलर पुगेको छ ।

टिम कुक दोस्रो स्थानमा 

एप्पलका टिम कुक इलन मस्क पछि दोस्रो सबैभन्दा धेरै कमाउने सीईओ हुन्। २०२१ मा उनले ७७.०५ मिलियन डलर तलब पाएका थिए । योसँगै एप्पल कम्पनीहरुको सूचीमा तेस्रो स्थानमा छ।

एनभिडियाका सह-संस्थापक र सीईओ जेन्सेन हुआङ ५०७ मिलियन डलरका साथ सूचीमा तेस्रो र नेटफ्लिक्सका सीईओ रीड हेस्टिङ्सले २०२१ मा ४५३.५ मिलियन डलर प्राप्त गरेर चौथो स्थानमा रहेका छन्।

सत्य नडेला सातौं स्थानमा

टप १० मा माइक्रोसफ्टका सीईओ सत्य नडेलाको नाम पनि परेको छ। नाडेला सबैभन्दा बढी तलब पाउने सीईओ मध्ये सातौं नम्बरमा छन्। उनले सन् २०२१ मा ३०.९४ मिलियन डलर तलब पाएका छन्।

इकोनोमिक पोलिसी इन्स्टिच्युटको प्रतिवेदनमा औसत ठूला कम्पनीका सीईओले वास्तविक आधारमा औसत कर्मचारीको भन्दा ३५१ गुणा बढी तलब कमाउने गरेको उल्लेख छ।

प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार