
काठमाडौं ।
स्ट्रिमिङ सेवा नेटफ्लिक्स रूसी बासिन्दाहरूको लागि अनुपलब्ध भएको छ।
देशमा अवस्थित ग्राहकहरूले अझै पनि प्लेटफर्मको एप पहुँच गर्न सक्षम छन् तर यसको सामग्री हेर्न असमर्थ भएको टेलिकम पेपरले रिपोर्ट गरेको छ। नेटफ्लिक्सले रूसी बजार छोडेर ७ लाख सदस्यहरू गुमाएको छ।
यसअघि नै रुसले युक्रेनमा आक्रमण गरेपछि नेटफ्लिक्सले आफ्नो सेवा रुसमा बन्द गर्ने घोषणा गरेको थियो।
सो निर्णयपछि नेटफ्लिक्सका रूसी प्रयोगकर्ताहरूले स्ट्रिमिङ दिग्गज विरुद्ध ६ करोड रूबल (करिब ७२ लाख ६० हजार डलर) क्षतिपूर्तिको माग गर्दै क्लास एक्शन मुद्दा दायर गरेका छन्। हाल सो मुद्दा सुनुवाईको क्रममा रहेको बताईएको छ।
नेटफ्लिक्स इंकले मार्चमा रसियामा आफ्नो सेवा निलम्बन गरेको र युक्रेनमा मस्कोको आक्रमणको प्रभावको मूल्याङ्कन गर्दा देशमा भविष्यका सबै परियोजनाहरू र अधिग्रहणहरू अस्थायी रूपमा रोकेको बताएको थियो।
प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार