सूचना प्रविधिमा आधारित सेवाहरुको निर्यातमा नगद अनुदान दिने व्यवस्था सकारात्मक: सांसद विनोद चौधरी

  • Technology Khabar | १७ जेष्ठ २०७९, मंगलवार
सूचना प्रविधिमा आधारित सेवाहरुको निर्यातमा नगद अनुदान दिने व्यवस्था सकारात्मक: सांसद विनोद चौधरी

काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले आगामी आर्थिक वर्षको बजेट दोस्रो पुस्ताको आर्थिक सुधारका लागि प्रस्थान विन्दू बन्न सक्ने बताएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफलमा मंगलबार भाग लिदै सांसद चौधरीले नयाँ सोच र स्पष्ट खाकासहित प्रदेश सरकारलाई जिम्मेवार बनाउने गरी सातै प्रदेशमा स्थापना गरिने इन्कुवेसन सेन्टर, भेन्चर क्यापिटललगायतका विषय बजेटमा समेटिनु सुखद पक्ष रहेको बताए।

‘व्यापार घाटा घटाउन बजेटले निकै महत्वपूर्ण योजना ल्याएको छ’ सांसद चौधरीले भने, ‘मेडिकल शिक्षा, आइटी शिक्षा, प्राविधिक शिक्षालगायतको शिक्षाको लागि विदेशिने विद्यार्थीलाई नेपालमै रोक्नेमात्र होइन विदेशी विद्यार्थीहरुलाई पनि नेपालमा आकर्षित गर्ने कार्यक्रम बजेटमा आउनु सह्रानिय कार्य हो ।’

उनले उच्च निर्यात सम्भावना भएका क्लिन्कर सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी लगायका बस्तु र सूचना प्रविधिमा आधारित सेवा तथा विजनेश प्रोसेस आउट सोर्सिङ जस्ता सेवाहरु पहिचान गरि निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गर्नु सकारात्मक रहेको भन्दै कृषि आयात निरुत्साहित गर्दै बढि आयात हुने धान, गहुँ, मकै र तरकारीको आयात ३० प्रतिशत घटाउने कार्यक्रम बजेटमा समेटिनु सकारात्मक रहेको टिप्पणी पनि सांसद चौधरीले गरे।

यसका साथै २०४८ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले सुरुवात गरेको आर्थिक सुधारको पहिलो पुस्ताको लयलाई अहिलेको बजेटले आत्मसाथ गरेको बताए।

प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • १७ जेष्ठ २०७९, मंगलवार