फाइभजी प्राइभेट नेटवर्क निर्माण गर्न ब्रिटिश टेलिकम र एरिक्शनबिच सहकार्य

  • Technology Khabar | १७ जेष्ठ २०७९, मंगलवार
फाइभजी प्राइभेट नेटवर्क निर्माण गर्न ब्रिटिश टेलिकम र एरिक्शनबिच सहकार्य

काठमाडौं ।

दूरसञ्चार कम्पनी ब्रिटिश टेलिकम (बीटी) तथा एरिक्शनले बेलायतभर प्राइभेट फाइभजी नेटवर्क विस्तारका लागि सहकार्य गर्ने भएका छन्।

उक्त नेटवर्कमार्फत् बेलायतभरका व्यवसायहरुलाई इन्टरनेट अफ थिङ्स तथा अन्य प्रविधि छिटो र सुरक्षित रुपमा परिचालन गर्न सघाउ पुर्याउने दुवै कम्पनीको उद्देश्य रहेको रोयटर्सले उल्लेख गरेको छ।

प्राइभेट फाइभजी नेटवर्क सार्वजनिक फाइभजी जस्तै हुन् तर यसको सेवा भने कुनै फ्याक्ट्री, बन्दरगाह तथा क्याम्पसजस्ता फाइभजी सुरक्षा तथा अति कम लेटेन्सीयुक्त कनेक्शनको प्रयोगले अतिरिक्त सेवा सञ्चालन गर्न मिल्ने केही सीमित डिभाइसका समूहका लागि मात्र उपलब्ध हुन्छ।

बीटीको डिभिजन एक्स इन्टरप्राइजका म्यानेजिङ डाइरेक्टर मार्क ओभर्टनले आफ्नो कम्पनीले फाइभजी क्षेत्रमा अग्रणी स्विडेनको एरिक्शनसँग सहकार्य गरेको र दुवै मिलेर नेटवर्क सञ्चालन र परिचालनको काम गर्ने जानकारी दिए।

यी दुवैले यसअघि उत्तरी आयरल्याण्डको बेलफास्ट हार्बर लगायत प्राइभेट फाइभजी नेटवर्क परिचालनका थुप्रै महत्वपूर्ण काम गरिसकेका छन्।

उनीहरुले सञ्चालनमा आउन लागेको ३५ एकडमा फैलिएको बन्दरगाहमा प्राइभेट फाइभजी नेटवर्क इन्स्टल गरिसकेका छन्।

रोयटर्सका अनुसार उक्त नेटवर्कमार्फत् यातायात, आपूर्ति श्रृङ्खला, लजिस्टिक तथा शिपिङका क्षेत्रमा सञ्चालन क्षमता बढाउँदै प्रक्रियालाई अप्टिमाइज गरेका छन्।

प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार