अनर ७० मा स्न्यापड्रागन ७७८जी+ चिपसेट र ६६ वाट चार्जिङ फिचर

  • Technology Khabar | १७ जेष्ठ २०७९, मंगलवार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी अनरको इन्ट्री लेभल अनर ७० फाइभजीका विवरण बाहिरिएका छन्।

यो हालै सार्वजनिक भएको अनर ७० सिरिजको एउटा भेरियन्ट हो जसमा ६.६७ इन्चको फुल एचडी+ ओएलईडी डिस्प्ले रहनेछ। यो डिस्प्लेको रिफ्रेश रेट १२० हर्ज रहने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो डिभाइसमा अनर ७० प्रो तथा अनर ७० प्रो+ मा झैं पछाडिपट्टि ५४ मेगापिक्सेल सोनी आईएमएक्स ८०० सेन्सरयुक्त मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहनेछ।

यस्तै सेल्फीका लागि ३२ मेगापिक्सेलको शूटर दिइएको छ जुन प्रो भेरियन्टमा रहेको ५० मेगापिक्सेलको तुलनामा केही कम गुणस्तरको हो।

यसमा स्न्यापड्रागन ७७८जी+ चिपसेटका साथमा ८ तथा १२ जीबी र्याम र २५६ र ५१२ जीबी आन्तरिक स्टोरेज रहने बताइएको छ।

एन्ड्रोइड १२ मा आधारित यूआई ६.१ मा चल्ने यो फोनमा ६६ वाट फास्ट चार्जिङसहितको ४८०० एमएएच ब्याट्री राखिएको जीएसएमएरिनाले जनाएको छ।

प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया