
काठमाडौं ।
-साजन सुवेदी
नेपालमा यो आर्थिक वर्षको शुरुवाती १० महिनामा ५ करोड २१ लाख ७ हजार रुपैयाँ बराबरका पावर बैंक (ब्याट्री प्याक) आयात भएका छन्।
भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को २०७९ वैशाख मसान्तसम्मको आँकडा अनुसार नेपालमा उक्त रकम बराबरको ९८ हजार ६५८ ओटा पावर बैंक भित्रिएका छन्।
उक्त परिमाणका पावर बैंक छिमेकी राष्ट्र चीन तथा भारतलगायत ८ देशबाट आयात भएका प्रतिवेदनमा उल्लेख छ।
सबैभन्दा धेरै चीनबाट
आयात भएका ९८ हजार ६५८ मध्ये सबैभन्दा बढी चीनबाट ३ करोड २७ लाख ४६ हजार रुपैयाँ बराबरको ८२ हजार ९६२ ओटा पावर बैंक आयात भएका पाइएको छ।
यसपछि भारतबाट १ करोड ९२ लाख ८ हजार बराबरको १५ हजार ६८३ थान तथा मेक्सिकोबाट १ लाख ३२ हजार रुपैयाँ बराबरको ४ थान पावर बैंक भित्रिएका छन्।
यसबाहेक अमेरिकाबाट ९ हजार बराबरको ३ थान, फ्रान्सबाट ६ हजार बराबरको ३ थान र जापानबाट ४ हजार रुपैयाँ बराबरको पावर बैंक आयात भएका छन्।
त्यस्तै नेदरल्याण्ड्स र बेलायतबाट १-१ हजार रुपैयाँ बराबारका १-१ थान पावर बैंक ल्याइएका पाइएको छ।
प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार