
काठमाडौं ।
ताइवानको फक्सकनले यो वर्षको उत्तरार्द्ध सुखद् समयतर्फ जाने प्रक्षेपण गरेको छ।
विश्वकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स निर्माता फक्सकाले मंगलबार चीनमा लागिरहेको लकडाउन सहज हुने संकेत देखिएकाले यो वर्षको उत्तरार्द्धमा आपूर्ति श्रृङ्खलामा पनि सुधार आउने आकलन गरेको रोयटर्सले उल्लेख गरेको छ।
‘हामी हाम्रो आपूर्ति श्रृङ्खला यो वर्षको उत्तरार्द्धमा स्थिर हुनेमा विश्वस्त छौं’, फक्सकनका अध्यक्ष लिउ यङ-वेले कम्पनीको वार्षिक शेयरधनी बैठकमा बताए।
शांघाइ सरकारले कम जोखिमयुक्त क्षेत्रका बासिन्दालाई मंगलबारदेखि काममा फर्कन इजाजत दिएको छ।
‘फक्सकन कच्चापदार्थको आपूर्ति चुस्त भएको पहिलव ईभी निर्माता बन्न चाहन्छ’, लम्बिरहेको वैश्विक चिप अभावका कारण एप्पललगायतका स्मार्टफोन निर्माता र कार निर्माताहरुको उत्पादन रोकिएकोतर्फ इंगित गर्दै लिउले भने।
प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार