
काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९।८० को लागि बार्षिक बजेट संघिय संसदको संयुक्त बैठकमा पेश गरेका छन् ।
अर्थमन्त्री शर्माले आइतबार बजेट पेश गर्दै प्रत्येक नागरिकहरुको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न आगामी आर्थिक वर्षदेखि प्रमुख अस्पतालहरुमा विद्युतीय सूचना प्रणाली स्थापना गरिने बताए।
उनले त्यस्तो विद्युतीय सूचना प्रणाली क्रमशः सबै अस्पतालहरुमा लागू गरिने उल्लेख गरे।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार