प्रमुख पर्यटकीय गन्तव्यहरुमा नि:शुल्क इन्टरनेटको व्यवस्था गरिने

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
प्रमुख पर्यटकीय गन्तव्यहरुमा नि:शुल्क इन्टरनेटको व्यवस्था गरिने

काठमाडौं ।

सरकारले प्रमुख पर्यटकीय गन्तव्यहरुमा नि:शुल्क इन्टरनेटको व्यवस्था गर्ने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गर्दै प्रमुख पर्यटकीय गन्तव्यहरुको यात्रा सहज बनाउन मुगु, मनाङ, मुस्ताङ र सोलुखुम्बुजस्ता पर्यटकीय क्षेत्रमा निशुल्क इन्टरनेटका साथमा सडक स्तरोन्नतिका लागि बजेट व्यवस्था गरिने समेत बताएका हुन्।

यसबाहेक यस्ता क्षेत्रमा खानेपानी शौचालय ढल निकास तथा सरसफाइको पनि व्यवस्था गरिने अर्थमन्त्री शर्माले बताए।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...