
काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बार्षिक बजेट संघिय संसदको संयुक्त बैठकमा पेश गरेका छन्।
अर्थमन्त्री शर्माले आइतबार बजेट पेश गर्दै सामुदायिक गुठी लगायतका जग्गाहरुको नक्सासहितको डिजिटल अभिलेख प्रविधि स्थानीय तहलाई हस्तान्तरण तथा भू-सूचना प्रविधिमा आधारित अनलाइन सेवा प्रणाली १२६ नापी कार्यालयमा संचालनमा ल्याईने बताए।
यसका साथै भू-सूचना प्रविधिलाई स्तरोन्नती गर्दै मालपोल कार्यालयबाट प्रदान गरिने सेवालाई एकीकृत गरिने भएको छ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार