
काठमाडौं ।
हुण्डाई मोटर ग्रुपले दक्षिण कोरियामा सन् २०२५ सम्ममा ५० अर्ब डलर लगानी गर्ने भएको छ।
कम्पनीले इलेक्ट्रिफिकेशन, रोबोटिक्स, एयर मोबिलिटी तथा अटोनोमस सवारी प्रविधिलगायत विभिन्न व्यापारिक क्षेत्रमा आफ्नो प्रतिस्पर्धा विस्तार गर्ने उद्देश्यले उक्त धनराशी लगानी गर्ने योजना बनाएको रोयटर्सले उल्लेख गरेको छ।
दक्षिण कोरियाली अटो ग्रुपले आइतबार आफ्नो अमेरिकामा सन् २०२५ सम्ममा १० अर्ब डलरभन्दा बढी लगानी गर्ने घोषणा गरेको थियो। अत्याधुनिक प्रविधिमा अमेरिकी कम्पनीसँगको साझेदारी बढाउने उद्देश्यले यो लगानी हुने बुझिएको छ।
यो साझेदारीमा जर्जियामा नयाँ विद्युतीय सवारी तथा ब्याट्री फ्यासिलिटीका लागि लगानी हुने साढे ५ अर्ब पनि समावेश हुने बताइएको छ।
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार