काठमाडौं ।
गुगलले आफ्ना पिक्सेल ६ए मा रहेका फिंगरप्रिन्ट स्क्यानमा समस्या नरहेको बताएको छ।
उपभोक्ताले केही समययता पिक्सेल ६ तथा ६ प्रोमा फिंगरप्रिन्ट स्क्यानर स्लो भएको भन्दै गुनासो गर्दै आइरहेका थिए।
तर हाल आएर यी डिभाइसमा रहेका सेन्सरका यस प्रकारको व्यवहार सुधारिएको सुरक्षा अल्गोरिदममार्फत् सम्बोधन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले यसो भनिरहँदा उपभोक्ताहरुले हार्डवेयरमा पनि समस्या भएको र कम्पनीले भने सेक्युरिटीमा सुधार गरेको भन्दै सुनिश्चित हुन सकेका थिएनन्। अब भने गुगलले यसलाई नयाँ प्रोग्राममार्फत् समाधान गर्न खोजेको र पिक्सेल ६ए मा यो समस्या नै नरहने बताएको गिगचाइनाले उल्लेख गरेको छ।
यो डिभाइसमा नयाँ फिंगरप्रिन्ट स्क्यानर राखेर बजारमा ल्याइने बुझिएको छ। यो डिभाइस पिक्सेल ६ को अर्को भर्सन हो जसमा मूल्य कम गर्नका लागि नयाँ स्क्रीन, कम क्षमताको ब्याट्री तथा क्यामरा सेन्सरको क्षमता केही घटाइएको छ।
प्रकाशित: १ जेष्ठ २०७९, आईतवार