मंसिरसम्म ९ अर्ब हाराहारीको ३ हजार ७ सय थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात

  • Technology Khabar | १० पुष २०८२, बिहीबार
मंसिरसम्म ९ अर्ब हाराहारीको ३ हजार ७ सय थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को पाँचौं महिना मंसिर मसान्तसम्म नेपालमा ९ अर्ब हाराहारीको ३ हजार ७ सय ९८ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत, जर्मनी, द. कोरिया, थाइल्याण्ड, अमेरिका र बेलायत गरी विश्वका ७ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म ७०२ १, १७, १४, ६८, ०००
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म ५१३ ९०, १७, ८९, ०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म १,५३९ ३, ९९, ४९, ८६, ०००
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म २९३ ६९,०५ , ५८, ०००
कार, जीप र भ्यान थाइल्याण्ड ५१ देखि १०० किलोवाटसम्म ३३१ ९१, ८१, १५, ०००
कार, जीप र भ्यान बेलायत ५१ देखि १०० किलोवाटसम्म ४९, ८८, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म ३८२ १, ०७, ८१, २६, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान जर्मनी १०१ देखि २०० किलोवाटसम्म ४, ५५, ५९, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान भारत १०१ देखि २०० किलोवाटसम्म १४ ५, ५४, १५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान द कोरिया १०१ देखि २०० किलोवाटसम्म १, ५७, २५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका १०१ देखि २०० किलोवाटसम्म १० ४, ३२, ७८, ०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन २०१ देखि ३०० किलोवाटसम्म ३, ०२, ८४,०००
कार, जीप र भ्यान अमेरिका २०१ देखि ३०० किलोवाटसम्म ४८, ४९,०००

 

प्रकाशित: १० पुष २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...