
काठमाडौं ।
चिप निर्माता कम्पनी एसएमआईसीले स्मार्टफोन र पर्सनल कम्प्युटरको माग घट्नुमा रुस-यूक्रेन युद्ध तथा चीनमा भएको लकडउनलाई दोषी मानेका छन्।
चिनियाँ अग्रणी चिप निर्माता कम्पनी एसएमआईसीको यो अभिव्यक्तिले प्रविधिसम्बद्ध उत्पादनको मागमा आएको गिरावटले विश्वकै अर्थतन्त्रलाई निकै कमजोर अवस्थामा लैजाने चेतावनी दिएको आकलन गरिएको छ।
रोयटर्सले शुक्रबार एसएमआईसीका सीईओलाई उद्धृत गर्दै पछिल्लो समय स्मार्टफोन र पर्सनल कम्प्युटरको माग निकै ओरालो लागेको रिपोर्ट सार्वजनिक गरेको सिलिकन डट सीओ डट यूकेले उल्लेख गरेको छ।
एसएमआईसीको यो अभिव्यक्ति गत मार्चमा रुस-यूक्रेन युद्ध तथा बढ्दो मुद्रास्फीतिका कारण एप्पलले आफ्ना आईफोन र आईपडका उत्पादन घटाउने घोषणा गरेको केही समयमा आएको हो।
एसएमआईसीका सीईओ झाओ हाइजुनले विश्लेषकहरुलाई बताए अनुसार स्मार्टफोन, होम एप्लायन्स क्षेत्र तथा पर्सनल कम्प्युटरका उपभोक्ताहरुले यूक्रेन युद्ध र मुद्रास्फीतिका कारण आफ्ना अर्डरहरु रद्द गर्न शुरु गरेको बताएका छन्।
‘यस वर्ष हामीलर् स्मार्टफोनको माग २० करोड यूनिटले घट्ने अपेक्षा गरेका छौं जसमध्ये सबैभन्दा बढी स्थानीय फोन निर्माता कम्पनीका हुनेछन्। थुप्रै अर्डरहरु रद्द भइसकेका छन्’, उनले भने।
प्रकाशित: ३१ बैशाख २०७९, शनिबार