काठमाडौं ।
ग्लो डिजाइन, स्टाइलिश र टिकाउ उत्पादन प्रक्रियालाई निरन्तरता दिदैँ आइरहेको ओप्पोेको ए–सिरीजमा पछिल्लो समय ‘ ओप्पोे ए–७६’ नेपाली बजारमा उपलब्ध गराएको थियो ।
ओप्पोे ए–७६ मा ६.५६ ईन्चको पन्च–होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ उपलब्ध छ । प्रयोगकर्ताहरुलाई उत्पादनमुलक रहन तथा बिना रोकावट मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सहितको ५००० एमएएच् क्षमताको ब्याट्री पनि जडान गरिएको छ ।
ओप्पोे ए–७६ मा १.१२ माइक्रो र एफ २.० एपर्चर सहितको ८ एमपी फ्रन्ट क्यामेरा राखिएको छ । यसमार्फत घद्दटद्ध ह द्दद्धद्धड रिजोल्युसन सम्मको पोट्र्रेट सटहरु लिन सकिन्छ । यो फोनमा ए–आई नेचुरल रिटचिङ ब्युटिफिकेशन प्रविधि परिस्कृत गरिएको छ , यसले प्रयोगकर्ताको प्राकृतिक अनुहारका बनावटलाई सुरक्षित राख्दै फ्रन्ट क्यामेराको लागि दाग हटाउने सुविधा समावेश गरिएको छ । यसमा भएको ३६० डिग्री फिल लाइटको सहायताले मधुरो वातावरणमा पोट्र्रेट शटहरु अझ उज्यालो र स्पष्ट लिन सकिन्छ र यसमा ब्युटी ईफेक्ट्स फोनको माथिल्लो भागमा सुपरईम्पोज गरिएको छ ।
यसबाहेक, यो स्मार्टफोन ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ परिस्कृत गरिएको छ, जसले भिडियो हेर्न र गेम खेल्दा आनन्दको अनुभव दिन्छ । फिंगरप्रिन्ट सेन्सर फोनको छेउमा राखिएको छ, पातलो फिंगरप्रिन्ट सेन्सर र छेउमा बटनहरु भएकोले फोन हल्का, पातलो र थप सहज अनुभव सहित अझ परिस्कृत पनि देखिन्छ । ओप्पोे ए–७६ नेपाली बजारको मूल्य मात्र रु. २९,९९०/–रहेको छ ।
यस मे महिनामा ओप्पोको विशेष अफर मार्फत ओप्पो ए–७६ किन्दा अन्य ३ उत्पादनहरुमा रु. २००० को छुट प्राप्त गर्नुहोस् ।
प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार