सामाजिक सञ्जालमा निर्वाचनसम्बन्धी भ्रामक पोस्ट नगर्न साइबर ब्यूरोको अनुरोध

  • Technology Khabar | २३ बैशाख २०७९, शुक्रबार
सामाजिक सञ्जालमा निर्वाचनसम्बन्धी भ्रामक पोस्ट नगर्न साइबर ब्यूरोको अनुरोध

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले निर्वाचन, त्यससम्बन्धी भाषण, उम्मेदवार लगायतका सामग्रीहरुको तोडमोड गर्दै सामाजिक सञ्जालमा भ्रामक दुष्प्रचार नगर्न सबैमा अनुरोध गरेको छ।

ब्यूरोले आज एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन वैशाख ३० गते लाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहित २०७८ जारी गरी २०७८ चैत्र २५ गतेबाट नै लागू भइसकेको स्मरण गराएको छ।

सामाजिक सञ्जालहरुमा चुनावी माहौल बिगार्ने उद्देश्यले भ्रामक दुष्प्रचारदेखि चरित्र हत्या हुनेगरी अडियो/भिडियो लिखित अभिव्यक्तिलाई दुराशय मनसायबाट गलत अर्थ लाग्ने गरी इडिट गरी सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारका माध्यममार्फत् सम्प्रेषण नगर्न पनि ब्यूरोको अनुरोध छ।

यसबाहेक प्रचलित ऐन, कानूनले प्रकाशन, प्रसारण तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री पोस्ट, शेयर तथा प्रकाशन गर्ने गतिविधि नगर्न पनि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले विज्ञप्तिमार्फत् अनुरोध गरेको छ।

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • २३ बैशाख २०७९, शुक्रबार