अनर म्याजिक४ सिरिजको ग्लोबल लञ्च मे १२ मा हुने

  • Technology Khabar | २३ बैशाख २०७९, शुक्रबार
अनर म्याजिक४ सिरिजको ग्लोबल लञ्च मे १२ मा हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले आफ्नो म्याजिक४ सिरिज आगामी मे १२ मा सार्वजनिक गर्ने भएको छ।

कम्पनीले यो सिरिज यूरोपमा सार्वजनिक गर्ने र उक्त इभेन्ट लण्डनमा स्थानीय समय अनुसार बेलुका ७ बजे हुने जीएसएमएरिनाले जनाएको छ।

यो विशेष घोषणा अनर म्याजिक४ प्रो फ्रान्स तथा हङकङमा सूचीकृत भएको केही दिनमा आएको हो।

म्याजिक४ प्रो फ्ल्यागशिप मोडलमा ६.२१ इन्चको एलटीपीओ ओएलईडी स्क्रीन, स्न्यापड्रागन ८ जेन १ चिपसेट तथा १०० वाट फास्ट चार्जिङ सपोर्ट रहने अपेक्षा गरिएको छ।

यस्तै रेगुलर म्याजिक४ मा भने ६६ वाटको फास्ट चार्जिङ सपोर्ट रहने साथै कम्पनीको म्याजिक४ अल्टिमेट तथा लाइट पनि ल्याउने आकलन गरिएको छ।

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार