चुनावको बिदा अवधिमा वैकल्पिक पद्धतिबाट पढाउन विद्यालयहरुलाई निर्देशन

  • Technology Khabar | २३ बैशाख २०७९, शुक्रबार
चुनावको बिदा अवधिमा वैकल्पिक पद्धतिबाट पढाउन विद्यालयहरुलाई निर्देशन

काठमाडौं ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि मतदान केन्द्र रहने विद्यालयलाई बन्द अवधिभर वैकल्पिक पद्धतिबाट पढाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ।

केन्द्रले बिहीबार सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

निर्वाचनको व्यवस्थापन गर्ने क्रममा मतदान केन्द्र तथा मतदान स्थल रहने विद्यालय वैशाख २८ देखि ३० गतेसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ।

सोही निर्णय कार्यान्वयन गराउने सन्दर्भमा केन्द्रले बिहीबार यस्तो निर्देशन दिएको केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले बताए।

यसअघि पनि कोरोना महामारीको समयमा केन्द्रले वैकल्पिक माध्यम अर्थात अनलाइनमार्फत कक्षा संचालन गर्न विद्यालयहरुलाई अनुमति दिएको थियो। गोरखापत्रबाट

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार