एनएमबि बैंकको एप तथा वेबमार्फत खानेपानीको महशुल भुक्तानी गर्न सकिने

  • Technology Khabar | २३ बैशाख २०७९, शुक्रबार
एनएमबि बैंकको एप तथा वेबमार्फत खानेपानीको महशुल भुक्तानी गर्न सकिने

काठमाडौं ।

एनएमबि बैंकले काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार अब एनएमबि बैंकको ग्राहकहरुले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाण्डौं उपत्यका खानेपानीको महशुल बिना कुनै झंझट तिर्न सक्ने व्यवस्था मिलाएको छ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको जनाएको छ।

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार