पहिलो त्रैमासमा एचटीसीले ब्यहोर्यो थोरै घाटा

  • Technology Khabar | २३ बैशाख २०७९, शुक्रबार
पहिलो त्रैमासमा एचटीसीले ब्यहोर्यो थोरै घाटा

काठमाडौं ।

यो वर्षको पहिलो त्रैमासमा एचटीसीले नगण्य घाटा ब्यहोरेको छ।

कम्पनीको खुल नाफामा कमी आए पनि यो अवधिमा खुद अन्तर ३७.८ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि भने कम्पनीको लगातार १८ औं भएको डिजिटाइम्सले लेखेको छ।

यसो हुनुमा मेटाभर्सका लागि प्रयोग हुने भर्चुअल रियालिटीसम्बन्धी उत्पादनको बिक्री बढ्नु रहेको बुझिएको छ।

एचटीसीले यो अवधिमा ३७ करोड डलर आम्दानी गरेको छ जुन योभन्दा अघिललो त्रैमासको तुलनामा २०.६ प्रतिशतले कम हो।

कम्पनीको खुद नाफा अन्तर ३७.८ ले वृद्धि भएको छ जुन वार्षिक हिसाबले ९ प्रतिशतले बढी हो भने कम्पनीको खुद घाटा रकम घटेर १२ करोड ५४ लाख ५० हजार डलरमा झरेको तथ्याङ्क छ।

कुनै समय स्मार्टफोनको दुनियाँमा अग्रणी रहेको कम्पनी एचटीसी अब भने भीआर इकोसिस्टम, टर्मिनल डिभाइस तथा मेटाभर्स सेगमेन्टतर्फ केन्द्रित भएको छ।

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

रियलमी पी४एक्स आधिकारिक रूपमा उपलब्ध

  • Technology Khabar
  • २३ बैशाख २०७९, शुक्रबार