
काठमाडौं ।
नेपालका साना तथा मझौला उद्यमहरू (SMEs) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले २०७९ साल वैशाख २० गते देखि प्रत्येक महिनाको २० गते “२० मा Biz” नामक सञ्चालन गर्ने अभियानअन्तर्गतको वैशाख महिनाको क्याम्पेन मंगलबार राती १२ बजेबाट लाइभ भएको छ।
यस क्याम्पेनमा सेवाग्राहीहरूले प्रत्येक महिनाको २० गते बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र न्यूनतम २० प्रतिशत छुट प्राप्त गर्न सक्ने बताईएको छ । साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्किड्र मार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न २० प्रकारका उपहारहरू (१ उपहार प्रति सेवाग्राही) प्राप्त गर्नेछन् ।
त्यसै गरी सो क्याम्पेनअन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजे देखि ८ बजेर २० मिनेटसम्म (२० मिनेट) भारी छुट सहितका रहस्यमय सामानहरू (Mysterious Products) को फ्ल्याश सेल पनि सञ्चालन हुनेछ।
साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ, साथै २०७९ साल वैशाख ३१ सम्म सेवाग्राहीहरूलाई बिजबजारले सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट समेत प्रदान गरिरहेको जनाएको छ।
प्रकाशित: २० बैशाख २०७९, मंगलवार