ताजा समाचार

ओपो एफ१९ प्रो अब मात्र रु. ३५,९९० मा उपलब्ध

ओपो एफ१९ प्रो अब मात्र रु. ३५,९९० मा उपलब्ध
Global IME Bank

ओपोको एफ सिरीज युवा ट्रेन्डसेटरहरुबीचको उच्चतम रोजाईको रुपमा पर्न सफल मानिन्छ । यस सिरीजले तिनीहरुको जीवन र काममा महत्वाकांक्षाहरु बढाउन मद्दत गर्दछ र तिनीहरुको व्यक्तिगत शैलीलाई पनि प्रतिनिधित्व गर्दछ । यसले आफ्ना प्रयोगकर्ताहरुमा नयाँ प्रविधि र भिडियो क्याप्चरिङ सुविधाहरुको साथमा रचनात्मकतालाई बाहिर ल्याउँन मद्दत गरेको छ ।

एफ१९ प्रो ओपोको पहिलो प्रिमियम स्मार्टफोन हो जसले नवीन प्रवृतिहरुलाई मूर्त रुप दिन्छ र रमाइलो पलहरु खिच्न सकिन्छ। एफ१९ प्रो सँग यसका डिजाइन र प्रविधिसँगैे ट्रेन्डसेटरहरुका बीचमा ३० वाट भोक फ्लास चार्ज ४.० प्रविधि,कलरओएस ११।ज्ञ जसले दैनिक कार्य क्षमतालाई बढाउनका साथै बिना कुनै रुकावट दिनभरीको कार्य सम्पादनमा मद्दत पुर्याउँछ ।

यसबाहेक, एफ१९ प्रो ले अझ शक्तिशाली र प्राकृतिक देखिने भिडियोहरु खिच्दछ। जेनेरेशन अपग्रेडको साथ आएको यो फोनमा एआई कलर पोट्र्रेट भिडियो र डुअल भ्यु भिडियोको साथ एआई सञ्चालित पोट्र्रेट फोटोग्राफीको सुविधा छ जसले उत्कृष्ट भिडियो खिच्न सक्षम बनाउँछ ।

एफ१९ प्रो ४८ एमपी क्वाड क्यामराको साथ फोटो र भिडियोहरुमा गहिराइ थप्नको लागि ८ एमपी अल्ट्रा वाइड एंगल क्यामरा, २ एमपी म्याक्रो क्यामरा २ एमपी मोनो क्यामराको साथ तालमेलमा काम गर्दछ । निसन्देह, प्रयोगकर्ताहरुको लागि सेल्फी उत्तिकै महत्वपूर्ण भएकोले फोनमा ३२ एमपी फ्रन्ट फेसिङ क्यामरा पनि रहेको छ ।

एफ सिरीज अल्ट्रा स्लिम डिजाइनका लागि प्रख्यात छ र एफ१९ प्रो मा पनि यो विशेषता रहेको छ । एफ१९ प्रोका प्रयोगकर्ताहरुले ७.८ एमएम अल्ट्रा स्लिम बडी मात्र नभई १७२ ग्राम तौल र थ्रीडी ब्याट्री कभरको अनुभव लिन सक्नेछन् ।

ओपो एफ१९ प्रो पछिल्लो रु. ३९,९९०/– मा रु. ४००० वचतका साथ अब मात्र रु. ३५,९९०/– मा बजारमा उपलब्ध छ ।

  • पहिलेको मूल्य रु.३९,९९०/–
  • नयाँ मूल्य अब मात्र रु.३५,९९०/–
Sajilo Visa
easy care