
काठमाडौं ।
डिशहोमका एक ग्राहकले हरेक हप्ता हुने लक्की ड्र मार्फत एक लाख रुपैयाँ उपहार प्राप्त गरेका छन्।
१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।
सोही योजना अन्तर्गत बैशाख १९ गते गरिएको लक्की ड्रमा CAS ID 02564033775 भएका ग्राहकले रु एक लाख जित्न सफल भएका हुन्।
डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ।
यस लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ ।
प्रकाशित: २० बैशाख २०७९, मंगलवार