
काठमाडौं ।
स्थानीय तह निर्वाचनको बारेमा जानकारी दिनका लागि निर्वाचन आयोगले भाइबर ग्रुप संचालनमा ल्याएको छ।
गत चैत ३० गतेदेखि निर्वाचन आयोग नेपाल र सामाजिक सञ्जाल भाइबरले आधिकारिक रूपमा निर्वाचन आयोगको औपचारिक रूपमा शुरू गरेको भाइबर ग्रुपको प्लेटफर्मको प्रयोग शुरु गरेका हुन् ।
सो प्लेटफर्ममार्फत नागरिक तथा निर्वाचन सरोकारवालालाई समयसापेक्ष, अद्यावधिक र सही सूचना उपलब्ध गराउने आयोगले उल्लेख गरेको छ। यो प्लेटर्फमको प्रयो गरी नागरिक र निर्वाचन सरोकारवालाहरूले स्थानीय तह निर्वाचन २०७९ सम्बन्धी मतदाता शिक्षा र विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् ।
यस समूहमा सामेल हुन https://vb.me/ecn
(Election commission Nepal) लिङ्क प्रयोग गर्नु पर्नेछ।
प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार