मातातीर्थ औंसीमा ग्यापुको अफरै अफर

  • Technology Khabar | १६ बैशाख २०७९, शुक्रबार
मातातीर्थ औंसीमा ग्यापुको अफरै अफर

काठमाडौं ।

मातातीर्थ औसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा अनलाइन शपिङ प्लेटफर्म ग्यापुले विभिन्न अफरहरू ल्याएको छ।

आमाको मुख हेर्ने दिनमा आफ्नो ममतामयि आमालाई ग्यापुबाट विभिन्न आकर्षक उपहारहरु खरिद गरि उपहार स्वरुप दिन सकिनेछ।

यस अफर अन्तर्गत जहाँ भएपनि आफ्नो आमालाई बुधबार देखि शुक्रबार सम्म छुटसहित उपहारहरू पठाउन सकिनेछ। यसअफरमा ग्राहकले ७० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै २००० रुपैयाँको सामाग्री खरिद गर्दा १०० रुपैयाँ छुट प्राप्त गर्न सकिनेछ।

साथै आमाको मुख हेर्ने दिन विशेष स्वरुप ग्यापुको फोटो कन्टेस्टमा पनि सहभागी हुन सकिनेछ। यसको लागि आफ्नो आमासँग सेल्फि खिचेर आफ्नो म्यासेज लेखेर ग्यापुलाई ट्याग गरि आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्ने हुन्छ।

यस कन्टेस्टमा जित्ने ग्राहकहरूले ५०० रुपैयाँको ग्यापुको गिफ्ट भौचर, ५०० रुपैयाँको एक्सेलट्रिपको गिफ्ट भौचर, पोखराको कल्चर रिसोर्टमा एक रात बसाई, डिजि मेडिकलको तर्फबाट निशुल्क स्वास्थ्य परिक्षण तथा युनिक्याम्पसको तर्फबाट निशुल्क आईईएलटीएसको कक्षा लिने मौका पाउन सक्नेछन्।

त्यस्तैगरी आफ्नो आमासँग टिकटक भिडिओ बनाएर टिकटक कन्टेस्टमा पनि भाग लिन सकिनेछन्। यो कन्टेस्टमा जित्ने सहभागीहरूले युनिक्याम्पसको तर्फबाट निशुल्क आईईएलटीएसको कक्षा, पोखराको कल्चर रिसोर्टमा दुई रात बसाई, ग्यापुको तर्फबाट २५०० रुपैयाँ बराबरको सपिङ भौचर, डिजि मेडिकलको तर्फबाट निशुल्क स्वास्थ्य जाँच र एक्सेलट्रिपको तर्फबाट ५०० रुपैयाँको भौचर प्राप्त गर्न सकिन्छ।

यो सँगै यदि पोखराको कल्चर रिसोर्टमा दुई दिन एक रातको भ्याकेसन प्याकेज जित्नको लागि इन्स्टाग्राम कन्टेस्ट ‘तपाईंको आमालाई के मनपर्छ ?’ मा सहभागी हुन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...