कुल गार्हस्थ उत्पादन: सूचना तथा सञ्चार क्षेत्रको योगदान २.०९ प्रतिशत

  • Technology Khabar | १६ बैशाख २०७९, शुक्रबार
कुल गार्हस्थ उत्पादन: सूचना तथा सञ्चार क्षेत्रको योगदान २.०९ प्रतिशत

काठमाडौं ।

केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७८/७९ को राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रतिवेदनमा यो आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा विभिन्न शीर्षक अन्तर्गत योगदान गर्ने विभिन्न क्षेत्रहरुको योगदानको आँकडा समावेश गरेको छ।

अर्थतन्त्रका विविध पक्षहरूलाई मापन गरी आर्थिक नीति निर्माण गर्न तथा आर्थिक विकासका गतिविधिहरूको अनुगमन तथा मूल्यांकन गर्नका लागि विभागले नियमित रूपमा कुल गार्हस्थ्य उत्पादन, उपभोग, बचत, लगानी आदि जस्ता महत्वपूर्ण राष्ट्रिय लेखासम्बन्धी समष्टिगत आर्थिक सूचकहरू तथा त्यससँग सम्बन्धित तथ्याङ्कहरू तयार गरी सार्वजनिक गरिँदै आएकोमा यस वर्ष पनि निरन्तरता पनएको हो।

यस्ता सूचकहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न सरोकारवालाहरूबाट व्यापक रूपमा प्रयोग समेत हुँदै आएको छ ।

यसै क्रममा चालु आर्थिक वर्षको छ देखि नौ महिना सम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरू एवं बाँकी अवधिको अनुमान गर्दा केही हालको अवस्था र विगतका अवस्थाका अधारमा वस्तु तथा सेवाको उत्पादन अनुमान गरी २०७८/७९ को प्रारम्भिक अनुमान र प्राप्त संशोधित तथ्याङ्कका आधारमा गत आर्थिक वर्ष २०७७र७८ को संशोधित अनुमान तथा विगत आर्थिक वर्ष २०७६र७७ को अन्तिम अनुमान प्रकाशित गरिएको प्रतिवेदनमा उल्लेख छ।

हाल प्रकाशित स्थिर मूल्यका अनुमानहरू आर्थिक वर्ष २०६७र६८ को मूल्यमा आधारित रहेका बुझिएको छ।

चालु आर्थिक वर्ष २०७८/७९ मा उपभेक्ताको मूल्यमा ५.८४ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि कुल कुल गार्हस्थ्य उत्पादनको वृद्धि हुने देखिएको विभागको प्रतिवेदनले देखाएको छ।

कुल कुल गार्हस्थ्य उत्पादनको समग्र वृद्धिमा अन्य घटकहरु झैै सूचना तथा सञ्चार क्षेत्रकोफ पनि महत्वपूर्ण योगदान रहेको प्रतिवेदनमा उल्लेख छ।

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २.०९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ।

कुल मूल्य अभिवृद्धि ३.५८ %

यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा अघिल्लो वर्ष २०७७/७८ को तुलनामा यस आर्थिक वर्षमा ३.५८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ।

यो आँकडँ अघिल्लो आर्थिक वर्षमा १.७७ रहेकोले यो वर्ष १.८१ प्रतिशतले बढेको देखिन्छ।

औद्योगिक क्षेत्र अनुरुप खुद नाफा

यो आर्थिक वर्षमा सूचना तथा सञ्चार क्षेत्रबाट औद्योगिक वितरण अनुरुप खुद नाफामा २ खर्ब ६ अर्ब ९८ करोड ५ लाख रुपैयाँ बराबरको योगदान गरेको छ।

औद्योगिक क्षेत्रका आधारमा मध्यम उपभोग

आर्थिक वर्षमा सूचना तथा सञ्चार क्षेत्रको औद्योगिक वितरणका आधारमा मध्यम उपभोग १ खर्ब २१ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको रहेको पाइएको छ।

औद्योगिक क्षेत्रका आधारमा खुद मूल्य

यो आर्थिक वर्षमा सूचना तथा सञ्चार क्षेत्रबाट औद्योगिक क्षेत्रका आधारमा २ खर्ब ८१ अर्ब ६० करोड ९० लाख रुपैयाँ बराबरको योगदान गरेको छ।

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार