काठमाडौं ।
युक्रेनमा भएको द्वन्द्वको बारेमा “नक्कली” जानकारी र युक्रेनी अति दक्षिणपन्थी समूहद्वारा उत्पादित युट्युब भिडियोहरू मेटाउन असफल भएकोमा एक रूसी अदालतले अल्फाबेट इंकको गुगललाई १ करोड १० लाख रूबल (१३७,७६३ डलर) जरिवाना गरेको समाचार एजेन्सी तासले रिपोर्ट गरेको छ।
रुसको कम्युनिकेसन वाचडगले यस महिनाको सुरुमा युट्युबमा फेक जानकारी फैलाएको भन्दै गुगललाई कारबाही गर्न कदम चालिरहेको बताएको थियो । यसका साथै सूचना प्रवाह नियन्त्रण गर्न मिडिया र विदेशी टेक फर्महरूसँगको फराकिलो लडाईको भागको रूपमा यो पालन गर्न असफल भएमा अमेरिकी कम्पनीलाई जरिवाना गरिने चेतावनी दिएको थियो।
रोयटर्सको समाचार रिपोर्टअनुसार गुगललाई प्रशासनिक उल्लङ्घन गरेकोमा दोषी पाइयो र दुईवटा मुद्दामा ४० लाख रूबल र ७० लाख रूबल जरिवाना गरिएको मस्कोको ट्यागान्स्की जिल्ला अदालतले बिहीबार बताएको थियो।
सो जरिवाना मस्कोले युक्रेनमा रूसी सेनाको क्षति र नागरिक हताहतको बारेमा गलत तथ्याङ्कको वितरणको साथसाथै युक्रेनी अति दक्षिणपन्थी समूहहरू जस्तै राष्ट्रवादी एजोभ बटालियनले उत्पादन गरेको युट्युबमा भिडियो क्लिपहरूको वितरणका लागि लगाएको बताईएको छ।
रुसले मेटा प्लेटफर्म इंकको फेसबुक र इन्स्टाग्राम लगायतका केही विदेशी सोशल मिडिया फर्महरूलाई रोक लगाएको छ। सो रोकपछि घरेलु फर्महरूले त्यसको बजार लिन खोजिरहेका छन्। युट्युब, यद्यपि रुसी सरकारको बढ्दो दबाबसहित अझै उपलब्ध छ।
आरआईए समाचार एजेन्सीले बिहीबार रिपोर्ट गरेअनुसार गुगल विरुद्ध अर्को मुद्दा समेत रहेको थियो। सो मुद्दामा रूसमा आतंककारी हमलाहरू गर्न भनिएको भिडियोहरू युट्युबमा वितरण गरिएको आरोप लगाईएको थियो।
प्रकाशित: ११ बैशाख २०७९, आईतवार