ताजा समाचार

अनलाइन गेम फ्रि फायर खेल्ने क्रममा चिनजान भएकी बालिका बलात्कारको आरोपमा एक पक्राउ

अनलाइन गेम फ्रि फायर खेल्ने क्रममा चिनजान भएकी बालिका बलात्कारको आरोपमा एक पक्राउ
Global IME Bank

अनलाइन गेम खेल्ने क्रममा चिनजान भएकी एक बालिकालाई बलत्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

चर्चित अनलाइन गेम ‘फ्रि फायर’ मार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने २७ वर्षीय महेश उदाशलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

ती बालिकाको अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएकोमा जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत वृत्त तथा प्रभागहरुमार्फत बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरी नगरपालिका-८ मातातिर्थबाट फेला पारेको थियो।

थप अनुसन्धान तथा सोधपुछ गर्दा अभियुक्त महेश उदाशसँग बिगत १ वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको, फेसबुक, म्यासेञ्जरमा भिडियो कल तथा म्यासेजहरुमार्फत कुराकानी भई विवाह गर्ने लगायतको आश्‍वासन दिई गत चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा राखी काठमाडौं ल्याई चैत ३० गते राति काठमाडौं टोखा नगरपालिका-६ स्थित बसुन्धरामा राखी जबरजस्ती करणी गरेको खुल्न आएको प्रहरीले उल्लेख गरेको छ।

उनी उपर जबरजस्ती करणी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट १० दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sajilo Visa
easy care