
काठमाडौं ।
स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले आफ्नो ब्राण्ड लोगो परिवर्तन गरेको छ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त र स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको कार्य गरिरहेको कम्पनीले क्यान इन्फोटेकको अवसर पारेर नयाँ स्मार्ट लोगो सार्वजनिक गरेको छ।
क्यानमा सार्वजनिक लोगोमा कम्पनीको ‘ब्राण्ड नेम’को अक्षर र डिजाइन नै परिवर्तन गरिएको छ। जसलाई वर्गाकार घेरा भित्र राखिएको देखिन्छ।
कम्पनीले एससीटीको अंग्रेजी ‘टी’ अक्षरलाई पुरै परिवर्तन गरेको छ।
पछिल्लो समय स्मार्ट क्यूआरको प्रबर्द्धन गरिरहेको कम्पनीले आफूलाई स्मार्ट टेक्नोलोजीमा लागे गरि लोगो परिवर्तन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले जानकारी दिए।
“हामीले क्यान इन्फोटेकबाटै नयाँ लोगो सार्वजनिक गरेका छौं। अब कम्पनी आफ्नो सेवामा थप ससक्तरुपमा स्मार्ट भएर आउने संदेश दिनेछौं,” उनले टेक्नोलोजीखबरसँग भने।
कम्पनीले आगामी दिनमा स्मार्ट क्यूआरलाई थप सेवा तथा व्यवसायसँग आबद्ध गर्ने र बृहतरुपमा जाने योजना लिएको उनले जानकारी दिए।
कम्पनीले केहि दिनभित्रै औपचारिकरुपमा लोगो परिवर्तन भएको जानकारी दिने उनले बताए।
प्रकाशित: ७ बैशाख २०७९, बुधबार