
काठमाडौं ।
मर्सिडीज-बेन्जले प्रति १०० किमी (६२ माइल) मा १० किलोवाट घन्टा जति ऊर्जा खपत गर्ने विद्युतीय कारहरू उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका प्रमुख प्रविधि अधिकारी (सीटीओ) ले बिहीबार वर्तमान औसतभन्दा एक तिहाइ बढी कुशल इलेक्ट्रिक कारहरू उत्पादन गर्ने योजना बारे बताएका हुन्।
कार निर्माताले आफ्नो ईक्यूएक्सएक्स प्रोटोटाइप गाडीको जर्मनीको सिन्डेलफिङ्गेनदेखि कोट डी अजुरसम्म एक पटकको चार्जमा १,००० किलोमिटरको सफल परीक्षण ड्राइभको उत्सव मनाउने क्रममा सीटीओ मार्कस शेफरले इलेक्ट्रिक कारको दायरा बढाउनको लागि कुशल डिजाइन महत्वपूर्ण भएको बताएका हुन्।
उनकाअनुसार ग्राहकहरूले उनीहरूको आवश्यकताको आधारमा आफूले चाहेको ब्याट्रीको आकार निर्धारण गर्न सक्षम हुनुपर्दछ।
मर्सिडीज-बेन्ज देखि टेस्लासहित चीनको निओ सम्मका कार निर्माताहरू उच्च दायराका कारहरू उत्पादन गर्न घाँटी काटाकाट गर्ने किसिमको दौडमा छन् जसले विद्युतीय सवारीहरूको लागि व्यापक चार्जिङ पूर्वाधारको अभावमा उपभोक्ताहरूको चिन्ता हटाउँदछ।
मर्सिडीजले आफ्नो भिजन ईक्यूएक्सएक्स (Vision EQXX) प्रोटोटाइपको अनावरण गर्यो, जसमा यसको फ्ल्यागशिप इक्यूएस मोडेलको आधा भोल्युमको ब्याट्रीको साथ १,००० किमी-रेन्जको गर्व गर्दछ। कम्पनीले कारका केही कम्पोनेन्टहरू २-३ वर्षको अवधिमा शृङ्खलाका गाडीहरूमा पुग्ने वाचा गरेको छ।
कारले फ्रान्स सम्म पुग्नको लागि आफ्नो साढे ११ घण्टाको ड्राइभमा प्रति १०० किलोमिटर ८.७ किलोवाट घन्टा ऊर्जा खर्च गरेको मर्सिडीज बेन्जले भनेको छ। बजारमा रहेको मर्सिडीज मोडल र टेस्लाको सबैभन्दा लामो दूरीको कार मोडेल एस६० को तुलनामा करिब दोब्बर प्रभावकारी छ।
बजारमा अहिलेसम्म मर्सिडीजको इक्यूएसको सबैभन्दा उच्च दायरा छ, कार तुलना गर्ने पोर्टल कारवाउकाअनुसार, यसको दायरा ७६८ किमी छ भने त्यसपछि टेस्लाको मोडेल एस लङ रेन्ज ६५२ किमी सम्म छ।
प्रकाशित: २ बैशाख २०७९, शुक्रबार