राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका लागि आवेदन माग्दै सञ्चार मन्त्रालय

  • Technology Khabar | २ बैशाख २०७९, शुक्रबार
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका लागि आवेदन माग्दै सञ्चार मन्त्रालय

काठमाडौं ।

सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, संघ संस्थाहरुलाई सरकारले पुरस्कृत गर्ने भएको छ। प्रत्येक वर्ष मे २ तारिखका दिन मनाउने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर फरक फरक चार विधामा पुरस्कार दिने भएको हो।

केहि वर्षदेखि नेपालमा मनाउँदै आईएको राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसर पारेर नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संघ संस्थाहरुमध्येबाट सर्वोकृष्टलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२२ प्रदान गर्न लागेको छ।

मन्त्रालयले नेशनल आईसिटी एक्सलेन्स अवार्ड २०२२,नेशनल आईसिटी एक्सलेन्स अवार्ड २०२२ (वुमेन), नेशनल आईसिटी इन्नोभेसन अवार्ड २०२२, नेशनल आईसिटी अवार्ड २०२२ सार्वजनिक क्षेत्र, र नेशनल आईसिटी अवार्ड २०२२ निजी क्षेत्रलाई दिन लागेको हो।

यस पटकदेखि नेशनल आईसिटी एक्सलेन्स अवार्ड महिलाका लागि छुट्टै दिन लागिएको हो। यसअघि सो विधामा महिला तथा पुरुष दुबैका बिचबाट छनोट गर्ने गरिन्थ्यो।

मन्त्रालयले सो अवार्डहरुका लागि ईच्छुक संघ संस्था, कार्यालय, कम्पनी तथा व्यक्तिहरुले आवेदन दिनसक्ने जनाएको छ। त्यसको लागि आवेदन दिने अन्तिम मिति बैशाख ८ गते बेलुकासम्म तोकिएको छ।

आवेदकले आफूले गरेको काम, त्यसको प्रभाव, उपलब्धि, संस्थागत सामाजिक उत्तरदायित्वलगायतका विषयमा जानकारीसहित आवेदन दिनसक्नेछन्।

सूचनामा तोकिएको फाराम भरेर आवेदन दिनुपर्ने बताईएको छ तर मन्त्रालयले भने जस्तो सो आवेदन फर्म समाचार तयार पार्दासम्म मन्त्रालय तथा सूचना प्रविधि विभागको वेबसाइटमा हालसम्म राखिएको छैन्।

प्रकाशित: २ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार