माछापुच्छ्रे बैंकको एप ‘एमबिएल एम-स्मार्ट’मा नेपालपे क्युआर समावेश

  • Technology Khabar | १ बैशाख २०७९, बिहीबार
माछापुच्छ्रे बैंकको एप ‘एमबिएल एम-स्मार्ट’मा नेपालपे क्युआर समावेश

काठमाडौं ।

माछापुच्छ्रे बैंकले आफ्नो मोबाइल बैंकिङ एप एमबिएल एम-स्मार्टमा नेपालपे क्युआर सफलतापूर्वक समावेश गरेको छ।

योसँगै अब ग्राहकहरूले विभिन्न व्यापारी र भुक्तानी गेटवेमा उपलब्ध नेपालपे क्युआरमा स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन्।

नेपालपे क्युआर एनएचसिएलद्वारा सञ्चालित छ। नेपालपे क्युआरलाई एनएचसिएलले राष्ट्रिय भुक्तानी स्विच अन्तर्गत नेपाल राष्ट्र बैंकले जारी गरेको नेपालक्युआर मापदण्डको कार्यान्वयन गर्ने पूर्वाधारको रूपमा कार्यान्वयन र सञ्चालन गरेको जनाएको छ।

माछापुच्छ्रे बैंकभन्दा अघि नै नेपालपे क्युआर हिमालयन बैंक, एनआइसी एशिया बैंक, कामना सेवा विकास बैंक र फोकसवान सोलुसन्नसले समावेश गरेको थियो।

प्रकाशित: १ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार