ताइवानले सन् २०४० सम्म जैविक इन्धनबाट चल्ने सवारी हटाइसक्ने

  • Technology Khabar | २७ चैत्र २०७८, आईतवार
ताइवानले सन् २०४० सम्म जैविक इन्धनबाट चल्ने सवारी हटाइसक्ने

काठमाडौं ।

ताइवान सरकारले सन् २०४० सम्म जैविध इन्धनबाट चल्ने सबै सवारी हटाइस्क्ने भएको छ।

ताइवानले सन् २०५० सम्म कार्बन तटस्थता प्राप्त गर्ने हिसाबले सार्वजनिक गरेको रोडम्यापमा अब आउने सबै स्कूटर तथा यात्रु बोक्ने कार सन् २०४० सम्म ब्याट्री वा हाइड्रोजनबाट सञ्चालन हुनुपर्ने प्रस्ट पारिएको छ।

उक्त चिर प्रतीक्षित रोडम्याप राष्ट्रिय विकास परिषद् एनडीसीले गत मार्च ३० मा एउटा पत्रकार सम्मेलनका क्रममा घोषणा गरेको थियो।

उक्त रोडम्यापले विद्युतीय सवारीलाई प्रबर्द्धन गर्ने उद्देश्यलाई केही शब्दावली र समयसीमामा परिमार्जन गरेर पुनर्बहाली गरेको डिजिटाइम्सले जनाएको छ।

ताइवान सरकारले सन् २०१८ मा पेट्रोलले चल्ने स्कूटर तथा अन्य सवारी सन् २०३५ र २०४० भित्र प्रतिबन्ध लगाइसक्ने वाचा गरेको थियो। तर पछि जैविक इन्धन डिलरहरुको दबाबका कारण उक्त लक्ष्य हटाएको थियो।

प्रकाशित: २७ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार