सम्पूर्ण निजी क्रूसहितको स्पेसएक्स क्याप्सुल अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा प्रवेश

  • Technology Khabar | २७ चैत्र २०७८, आईतवार
सम्पूर्ण निजी क्रूसहितको स्पेसएक्स क्याप्सुल अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा प्रवेश

काठमाडौं ।

स्पेसएक्सको ड्रागन क्याप्सुल पहिलो पटक सम्पूर्ण निजी क्रूसहित अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको छ।

फ्लोरिडमा रहेको केनेडी स्पेस सेन्टरबाट शुक्रबार बिहान प्रक्षेपण गरिएको उक्त क्याप्सुल अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसमा पुग्न २० घण्टा लागेको इन्ग्याजेटले जनाएको छ।

उक्त ड्रागन क्याप्सुलको भिडियो राउटिङमा समस्या आएपछि आईएसएस नजिक पुगेर पनि त्यहाँ अवतरण गर्न ४५ मिनेछ लागेको थियो।

त्यस क्याप्सुलमा रहेका नासाका पूर्व अन्तरिक्षयात्री माइकल लोपेज एलेग्रिया, व्यवसायी ल्यारी कोनर, आइटान स्टिब तथा मार्क प्याथीले आईएसएसमा ८ दिन बिताउने अपेक्षा गरिएको छ।

त्यस अवधिमा उनीहरुले वैज्ञानिक परीक्षण तथा अन्य व्यावसायिक गतिविधि गर्ने बताइएको छ।

प्रकाशित: २७ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार