बेलायतको ट्रेजरीले केही ‘स्टेबलक्वाइन’ लाई नियमन गर्ने

  • Technology Khabar | २२ चैत्र २०७८, मंगलवार
बेलायतको ट्रेजरीले केही ‘स्टेबलक्वाइन’ लाई नियमन गर्ने

काठमाडौं ।

बेलायतको ट्रेजरीले केही क्रिप्टोकरेन्सीलाई नियमन गर्ने भएको छ।

देशलाई डिजिटल भुक्तानी कम्पनीको हब बनाउने व्यापक योजना अन्तर्गत यस्तो निर्णय आएको बुझिएको छ।

ती तथाकथित स्टेबलक्वाइनहरु डिजिटल मुद्रा प्रयोगका लागि सर्वसाधारणको आत्मविश्वास बढाउने उद्देश्यले ल्याइएका भुक्तानीका परिचित र विश्वासिलो रुप हुन्।

स्टेबलक्वाइनहरु परम्परागत मुद्रा तथा सुनजस्ता सम्पत्तिसँग जोडेर स्थायी मूल्य कायम गर्नका लागि डिजाइन गरिएको बताइएको छ। यिनीहरुको मूल्य तलमाथि हुने जोखिम बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीको भन्दा कम हुने बीबीले उल्लेख गरेको छ।

ट्रेजरीले नाम नतोकी अझ फराकिलो हिसाबले डिजिटल मुद्राको नियमनको योजना बनाइरहेको पनि जानकारी दिएको छ।

प्रकाशित: २२ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार