
काठमाडौं ।
चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी (ईभी) निर्माता कम्पनी बीवाईडी कम्पनी लिमिटेडले गत महिनादेखि कम्बस्टन इन्जिन सवारी साधन बनाउन बन्द गरेको र अहिले विद्युतीय र हाइब्रिड कार मात्र उत्पादन गर्ने बताएको छ।
“भविष्यमा,बीवाईडीले अटोमोबाइल क्षेत्रमा शुद्ध इलेक्ट्रिक र प्लग-इन हाइब्रिडहरूमा ध्यान केन्द्रित गर्नेछ,” कम्पनीले आइतवार हङकङ स्टक एक्सचेन्जमा दायर गरेको विज्ञप्तिमा भन्यो।
बीवाईडीको यो कदम २०३० सम्ममा कार्बन उत्सर्जनलाई चरम सीमामा झार्न हरित ऊर्जा खपत बढाउने बेइजिङको प्रतिज्ञाको प्रतिक्रियामा भएको रोयटर्सले जनाएको छ।
भोल्भो, फोर्ड, जनरल मोटर्स, मर्सिडीज बेन्ज र जगुआर ल्यान्ड रोभर र अन्य ६ कार निर्माताहरू मध्ये बीवाईडी पनि छ। सन् २०४० सम्म कम्बस्टन इन्जिन गाडीहरू चरणबद्ध रुपमा बन्द गर्ने विश्वव्यापी अभियानमा साइनअप गर्ने कम्पनी मध्ये एक हो।
बीवाईडीले मार्चमा १,०४,८७८ यूनिट नयाँ ऊर्जा वाहन (एनयूभी) बेचेको छ, जुन गत वर्षको सोही महिनाको तुलनामा २४ हजार २१८ इकाइहरूले बढेको छ, र यसको सबैभन्दा उच्च मासिक बिक्री चिन्ह लगाइएको छ। गत महिनाको बिक्रीमा ५३,६६४ शुद्ध ईभी र ५०,६७४ प्लगइन हाइब्रिड कार र ५४० कमर्शियल एनईभी कार समावेश थिए।
यसका साथै कम्पनीले अहिलेका कम्बस्टन इन्जिन गाडीका ग्राहकहरुलाई पूर्णरुपमा पार्ट्स र सेवासमेत उपलब्ध गराउने जनाएको छ।
प्रकाशित: २१ चैत्र २०७८, सोमबार