
काठमाडौं ।
गत हप्ता भारतको पुणेमा भएको ओलाको इलेक्ट्रिक स्कूटरमा भएको आगलागी सम्बन्धमा सरकारले जाँच पड्ताल गर्ने भएको छ।
उक्त घटनाका कारण विद्युतीय सवारीप्रतिको मानिसहरुको धारणा नकारात्मक हुन गई यसको प्रगतिमा अवरोध आउन सक्ने सरकारको चिन्ता छ।
रोयटर्सका अनुसार भारतमा कार्बन कटौतीको लक्ष्य पूरा गर्न सरकारले विद्युतीय सवारीलाई निकै महत्वपूर्ण कारकका रुपमा मानेको छ।
यो जाँच पड्तालको उद्देश्य उक्त घटनाको सत्य तथ्य उजागर गर्नु रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै ग्याजेट्स ३६० ले जनाएको छ। यस सम्बन्धमा ओला कम्पनीले भने हालसम्म केही टिप्पणी नगरेको बुझिएको छ।
उक्त घटनाको भाइरल भएको भिडियोमा ओला एस१ स्कूटमा आगोको मुस्लो बलिरहेको देख्न सकिन्छ। यसको पछाडि देखिने सडक थर्मल रनवे हुनसक्ने र लिथियम आयन ब्याट्रीभित्र शर्ट सर्किट भएका कारण रियाक्शन भएको हुनसक्ने समाचारमा उल्लेख छ।
यसबारे ओलाले थाहा पाएको बताएको छ र यसको कारण पत्ता लगाउन अनुसन्धान गर्न लागिएको बताएको।
यो यसप्रकारको पहिलो भने होइन। गत वर्ष सेप्टेम्बरमा प्योर ईभीका दुई ओटा स्कूटरमा आगलागी भएको यो। यसपछि अक्टोबरमा ओकिनावाको इलेक्ट्रिक स्कूटरमा पनि यसै प्रकारको घटना भएको थियो।
सडकमा रोकिराखेको ओला एस१ प्रो इलेक्ट्रिक स्कूटरमा आगलागी, हेर्दा हेर्दै खरानी
प्रकाशित: २१ चैत्र २०७८, सोमबार