पिक्सेल ६ सिरिजका लागि फेस अनलकमा काम गर्दै गुगल

  • Technology Khabar | १५ चैत्र २०७८, मंगलवार
पिक्सेल ६ सिरिजका लागि फेस अनलकमा काम गर्दै गुगल

काठमाडौं ।

गुगलले आफ्नो पिक्सेल सिरिज ६ स्मार्टफोनका लागि फेस अनलक फिचरमा काम गरिरहेको छ।

हालै बाहिर आएका रुमरहरुका अनुसार गुगलले यी डिभाइस सार्वजनिक गर्ने बेला नै फेस अनलक फिचर कार्यान्वयन गर्न चाहे पनि समयसीमाका कारण नभ्याएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसै हिसाबले यो फिचर नराखिकन नै पिक्सेल ६ सिरिज शिपिङ गरिएको कम्पनीले जनाएको छ।

हालै एक्सडीए डेभलपर फ्रीक०७ले बाहिर ल्याएको जानकारी अनुसार एन्ड्रोइड १२ को त्रैमासिक प्लेटफर्म रिलिज अर्थात् क्यूपीआर ३ बीटाको विश्लेषण गर्दा पिक्सेल ६ सिरिजमा फेस अनलक राखिएको पाइएको छ।

उक्त प्रमाणका आधारमा गुगलले पिक्सेल ६ सिरिजमा फेस अनलक फिचर आउने सफ्टवेयर अपडेट गर्ने आकलन गर्न सकिए पनि मिति भने यकिन छैन।

प्रकाशित: १५ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार