
काठमाडौं ।
मेटा अन्तर्गतको मेसेजिङ एप ह्वाट्सएपले छिट्टै २ जीबीसम्मको फाइल शेयर गर्न मिल्ने सुविधा दिने भएको छ।
बीजीआर डट आईएनका अनुसार हालसम्म ह्वाट्सएपले १ सय एमबीसम्मको मात्र फाइल शेयर गर्न दिने गरेकोमा अब भने २ जीबीसम्मको फाइल शेयरिङ फिचरमा काम भइरहेको हो।
हालै डब्लूएबिटाइन्फोको एक रिपोर्ट अनुसार ह्वाट्सएपले यो फिचर अर्जेन्टिनामा सीमित बिटा यूजरबिच परीक्षण गरिरहेको छ।
यसबाहेक २ जीबीसम्मको फाइल शेयर हुनु एन्ड्रोइड तथा आईओएसका ह्वाट्सएप प्रयोगकर्ताका लागि निकै लाभदायक रहने पनि कम्पनीले अपेक्षा गरेको छ।
तर उक्त ब्लग साइटले उक्त फिचर हालसम्म परीक्षणको अवस्थामै रहेकाले कम्पनीले फेरि पुरानै १ सय एमबीको सीमालाई नै कायम गराउन सक्ने सम्भावना पनि रहेको सचेत गराएको छ।
यसबाहेक ह्वाट्सएपले मेसेज रियाक्शन नामक फिचरमा पनि काम गरिरहेको बुझिएको छ। यो फिचर रिलिज भएपछि यूजरहरुले इन्स्टाग्राम तथा मेसेन्जरमा झैं थुप्रै ईमोजीमार्फत् मेसेजमा रियाक्ट गर्नसक्ने बीजीआरले उल्लेख गरेको छ।
प्रकाशित: १४ चैत्र २०७८, सोमबार