एक्सोनमोबिलले नर्थ डकोटामा बिटक्वाइन माइनिङ गर्ने

  • Technology Khabar | १४ चैत्र २०७८, सोमबार
एक्सोनमोबिलले नर्थ डकोटामा बिटक्वाइन माइनिङ गर्ने

काठमाडौं ।

एक्सोनमोबिलले नर्थ डकोटामा बिटक्वाइन माइनिङ गर्ने भएको छ।

अमेरिकाको उत्कृष्ट तेल तथा ग्यास उत्पादक संस्था एक्सोनले उक्त परियोजनाको गुरुयोजना तयार गरिरहेको उक्त मामिलासम्बद्ध व्यक्तिहरुलाई उद्धृत गर्दै सीएनबीसीले उल्लेख गरेको छ।

एक वर्षयता एक्सोनले डेनभरमा रहेको कम्पनी क्रुसो इनर्जी सिस्टम्ससँग मिलेर काम गरिरहेको कम्पनी स्रोतले जानकारी दिएको समाचारमा उल्लेख छ।

क्रुसोको प्रविधिले तेल कम्पनीहरुलाई खेर गएको उर्जा तथा प्राकृतिक ग्याँसलाई अर्को उपयोगी उर्जामा बदल्न मद्दत गर्दछ।

नर्थ डकोटाको बाक्कनमा रहेको कोनोको फिलिप्सको माइनिङ केन्द्रमा झैं एक्सोनले प्राकृतिक ग्याँसलाई जेनेरेटरमार्फत् बालेर उक्त ग्यासलाई बिजुलीमा परिणत गराएर हजारै बिटक्वाइन माइनरहरुका शिपिङ कन्टेनरलाई पावर दिनका लागि प्रयोग गर्ने बताएको छ।

एक्सोनले यसका लागि उक्त गुरुयोजना गत २०२१ को जनवरीमा सार्वजनिक गरेर जुलाईसम्म लगाएर तयार गरेको थियो।

एक्सोन आफैंले बिटक्वाइन माइनिङका बारेमा सार्वजनिक रुपमा केही नबताए पनि कम्पनीमा १० वर्षदेखि काम गर्दै आएका वरिष्ठ अधिकारी एरिक ओब्रोकले आफ्नो लिंक्डइन प्रोफाइलमा यस्तो लेखेका छन्, ‘फेब्रुअरी २०१९ देखि जनवरी २०२२ सम्म मैले प्राकृतिक ग्याँसको विकल्पमा बिटक्वाइन माइनिङको प्रदर्शनको पहिलोपटक सफल व्यावसायिक तथा प्राविधिक प्रस्ताव र कार्यान्वयन गरिसकेको छु।’

ओब्रोकले आफ्नो प्रोफाइलमा ‘एनजीएल उद्योगको प्राकृतिक ग्यास तर बजार आउटलूक एडभाइजर’ पद राखेका थिए।

उनले आफूलाई यस विषयमा सञ्चारमाध्यममा नबोल्न भनिएको लिंक्डइमार्फत् जानकारी दिएको सीएनबीसीले जनाएको छ।

प्रकाशित: १४ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार