
काठमाडौं ।
एप्पलले विगत एक हप्तामा आईमेसेज र अन्य क्लाउडमा आधारित सेवाहरूमा तीन आउटेजहरू फिक्स गरिएको बताएको छ। गएको बिहीबार फेरि एकपटक आईमेसेजको सेवामा अवरोध भएको गुनासो आएको थियो।
प्रयोगकर्ताहरूले एप्पललाई एक हप्तामा तेस्रो पटक क्वाड सेवाहरू अवरुद्ध भएको आफ्नो गुनासोमा भनेका छन्।
धेरै प्रयोगकर्ताहरूलाई आईमेसेज सेवा पहुँच गर्न समस्या भएको थियो।डाउनडिटेक्टरको अनुसार, लगभग १,१०० प्रयोगकर्ताहरूले त्यस समयमा आईमेसेज सेवामा समस्याहरू रिपोर्ट गरे। यद्यपि, एप्पल स्ट्याटस पेज अनुसार, सबै एप्पल सेवाहरू हाल ठीक चलिरहेका छन्।
यो हप्ता मार्च २१ मा, एप्पल सेवाहरू पहिलो पटक केही घण्टाको लागि बन्द भएको थियो। त्यसको भोलिपल्ट मार्च २२ मा केही समयका लागि एप्पलका धेरै सेवा अवरुद्ध भएका थिए। एप्पलको कर्पोरेट र खुद्रा प्रणालीहरू पनि मार्च २१ मा आउटेजमा काम गरिरहेका थिएनन्।
यसबाहेक, आउटेजका कारण एप्पलको डेभलपर स्ट्याटस पृष्ठ पनि डाउन थियो। एप्पल प्रणाली विकासकर्ताको आधिकारिक ट्विटर ह्यान्डलले आउटेजको बारेमा ट्वीट गरेको थियो।
गत साता मार्च २२ मा, एप्पल सेवाहरू डाउन हुँदा एप स्टोर, आईमेसेज, एप्पल म्युजिक, पोडकास्ट, म्याक एप स्टोर, एप्पल बुक्स, आईक्लाउड वेब, एप्पल कार्डलगायत ११ सेवाहरू मुख्य रूपमा प्रभावित भएका थिए। एक एप्पल कर्मचारीले ब्लूमबर्गलाई बताएअनुसार डोमेन नाम प्रणालीमा आउटेजका कारण यी सेवाहरू प्रभावित भएका थिए। साथै, डीएनएसको कारण सर्भर कनेक्सनमा समस्या भएको थियो।
यद्यपि एप्पलको सेवामा बारम्बार बन्द हुनुको मुख्य कारण के हो भन्ने कुरा कम्पनीले अहिलेसम्म सार्वजनिक गरेको छैन्।
प्रकाशित: १४ चैत्र २०७८, सोमबार