
काठमाडौं ।
इन्स्टाग्राम स्टोरिजमा छिट्टै अब केही समयपछि भ्वाइस मेसेजबाट जवाफ दिन सकिने भएको छ।
यो प्लेटफर्मले केही समयअघि प्राइभेट लाइक तथा स्टोरिजमा अन्य तरिकाले अन्तरक्रिया गर्न मिल्ने फिचर सार्वजनिक गरेको थियो।
अब भने कम्पनीले छिट्टै अर्कै तरिकाले अर्थात् भ्वाइस मेसेजमार्फत् रियाक्ट गर्न सकिने सुविधा उपलब्ध गराउन लागेको हो।
#Instagram is working on the ability to reply to Stories with voice messages ???? pic.twitter.com/6fQNSxB04e
— Alessandro Paluzzi (@alex193a) March 26, 2022
रिभर्स इन्जिनीयरिङका लागि चर्चित डेभलपर अलेस्सान्द्रो पालुजीका अनुसार इन्स्टाग्रामले भ्वाइस मेसेजमार्फत् स्टोरिजमा अन्तरक्रिया गर्नसक्ने फिचरमा काम गरिरहेको प्रस्ट पारेका हुन्। गत शनिबार पालुजीले उक्त नयाँ इन्टरफेस फिचरको स्क्रीनशट शेयर गरेका थिए।
प्रकाशित: १३ चैत्र २०७८, आईतवार