आगामी मे मा स्न्यापड्रागन ८ जेन १+ सार्वजनिक गर्दै क्वालकम

  • Technology Khabar | ११ चैत्र २०७८, शुक्रबार
आगामी मे मा स्न्यापड्रागन ८ जेन १+ सार्वजनिक गर्दै क्वालकम

काठमाडौं ।

क्वालकमले आगामी मे महिनामा स्न्यापड्रागन ८ जेन १+ सार्वजनिक गर्ने भएको छ।

स्न्यापड्रागन ८ जेन १ चिपसेट सार्वजनिक भएयता नै यसको + भर्सन आउने कुराको चर्चा चलेको थियो। यो भर्सन सामसङको नभई टीएसएमसीको ४एनएम नोडमा बन्ने र यसले यसअघिको भर्सनको तुलनामा कम तताउने र पर्फर्मेन्स पनि बढ्ने आकलन गरिएको थियो।

यसै क्रममा हालै एउटा विश्वस्त स्रोतले स्न्यापड्रागन ८ जेन १+ आगामी मे मा आधिकारिक रुपमा सार्वजनिक हुन लागेको जानकारी दिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यस हिसाबले हेर्दा यो चिपसेटयुक्त डिभाइस मे को अन्त्य वा जुनको शुरुवात तिर आउने आकलन गर्न सकिन्छ। यो चिपसेटयुक्त डिभाइसको पहिलो सूचीमा लेनोभो, मोटोरोला, वनप्लस तथा शाओमी रहेका बताइएको छ।

प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार