
काठमाडौं ।
अमेरिकाको सान फ्रान्सिस्कोमा रहेको कम्पनी ओक्तामाथि भएको ह्याकका कारण सयौं कम्पनीहरु प्रभावित भएका छन्।
साइबर हमलाबाट यसरी प्रभावित हुनेमा आफ्ना नेटवर्कमा पहुँचका लागि ओक्तामाथि निर्भर रहने कम्पनीहरु रहेको बीबीसीले जनाएको छ।
ओक्ताले आफ्ना ३६६ ग्राहकका सम्वेदनशील तथा गोप्य विवरणहरु हेर्ने वा तोडमोड गर्नेगरी प्रभावित भएका बताएको छ। उक्त हमलापछि कम्पनीको शेयर मूल्यमा पनि ९ प्रतिशतको गिरावट आएको छ।
ओक्ताका १५ हजारभन्दा बढी ग्राकह रहेका र यिनीहरुमा फेडएक्सजस्ता ठूला कम्पनीका साथै केन्टको थानेत डिस्ट्रिक्ट काउन्सिल लगायतका साना कम्पनीहरु रहेका बीबीसीले लेखेको छ।
उक्त हमलामा लाप्सस नामको चर्चित साइबर समूहको हात रहेको बताइएको छ।
लाप्सस नामक उक्त र्यान्समवेयर समूह दक्षिण अमेरिकी समूह भएको र यो हालै भएको उच्च पदस्थहरुमाथिको साइबर हमलामा संलग्न रहेको साइबर सुरक्षा कम्पनी चेकप्वपाइन्टका एक्राम अहमदले बताएका छन्।
प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार