‘खल्ती’बाट नेपालको कुनै पनि बैंक खातामा बैंक ट्रान्सफर निःशुल्क

  • Technology Khabar | ७ चैत्र २०७८, सोमबार
‘खल्ती’बाट नेपालको कुनै पनि बैंक खातामा बैंक ट्रान्सफर निःशुल्क

काठमाडौं ।

पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले निस्शुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा ल्याएको छ।

यस मार्फत प्रयोगकर्ताहरूले निस्शुल्क जहाँसुकै बसी ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्नेछन्।

यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा रहेको कम्पनीले जनाएको छ।

‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम ५० हजार र प्रति दिन १ लाख रहेको छ। प्रयोगकर्ताहरूले सजिलैसँग यो रकम नि:शुल्क कुनै पनि बैंकहरूमा ट्रान्सफर गर्न सक्नेछन् ।

यो अफर चैत्र ७ गते देखि बैशाख ६ गतेसम्म लागु हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का दिए।

प्रकाशित: ७ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...