क्रिप्टोकरेन्सी कारोबार आरोपमा प्रियंका कार्कीमाथि प्रहरीको छानबिन

  • Technology Khabar | ६ चैत्र २०७८, आईतवार
क्रिप्टोकरेन्सी कारोबार आरोपमा प्रियंका कार्कीमाथि प्रहरीको छानबिन

काठमाडौं ।

अभिनेतृ प्रियंका कार्कीमाथि क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

नेपालमा अवैध घोषणा गरिएको डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको अवैध कारोबारमा संलग्न भएको आरोपमा उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान शुरु गरेको हो।

सीआईबीका अनुसार प्रारम्भिक अनुसन्धानमा कार्कीको व्यक्तिगत संलग्नता भन्दा पनि यसको प्रचार सामग्रीमा फोटो प्रयोग भएको भेटिएको हो।

नेपाल सरकारले क्रिप्टोकरेन्सीको कारोबारलगायत कुनै पनि गतिविधिमा संलग्न हुनु कानून विपरीत मानेकाले प्रचार सामग्रीमा फोटो हुनाका कारण पनि सोधपूछ गर्नुपरेको ब्यूरोको भनाई छ।

उक्त फोटो अभिनेतृ कार्कीको अनुमति लिएर वा नलिई कसरी प्रयोग भएको र उनलाई नै सोधपूछ गरेपछि थप विवरण आउने पनि सीआईबीले बताएको छ।

समाजिक सञ्जालहरुमा अभिनेतृ कार्कीको फोटो प्रयोग गरेर क्रिप्टोकरेन्सीमा लगानी गर्न उक्साएको पाइएको अनुसन्धान ब्यूरोको भनाई छ।

उता अभिनेतृ कार्कीले भने आफूलाई थाहा नदिई आफ्नो फोटो प्रयोग गरेको भन्दै  त्यसबारे उजुरी दिएको बताएकी छिन्।

प्रकाशित: ६ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार