
काठमाडौं ।
यूट्युब च्यानलहरुमा पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्य राखी भ्रामक तथा अनर्गल वक्त्वयबाजी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी जिल्ला भरौला गाविस ३ हाला बराहक्षेत्र नगरपालिका-३ स्थायी घर भई काठमाडौं, तारकेश्वर नगरपालिका-१० बस्ने ३० वर्षीया शर्मिला वाइबा रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ।
ब्यूरोका अनुसार सेलेब नेपाल र एवन मिडिया च्यानलमार्फत् भ्रामक तथा अनर्गल वक्त्वयबाजी गरेको आरोपमा वाइबालाई पक्राउ गरिएको हो।
वाइबाको उक्त गतिविधि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पर्ने हुनाले अदालतको अनुमतिले इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा चैत ४ गते पक्राउ गरी ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले विज्ञप्तिमा उल्लेख गरेको छ।
प्रकाशित: ६ चैत्र २०७८, आईतवार